Épisodes

  • फणेश्वरनाथ रेणु: नेपाली क्रान्ति कथा
    Oct 1 2024

    आजको अंकमा हरि शर्माले भारतीय लेखक फणेश्वरनाथ रेणुद्वारा लेखिएको 'नेपाली क्रान्ति कथा'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले २००७ सालको नेपाली जनआन्दोलनलाई विस्तृत रूपमा वर्णन गर्दछ।

    रेणुको लेखनीले नेपाली जनताको साहस र बलिदानलाई चित्रण गर्दै, यस क्रान्तिले नेपाली समाजलाई कसरी हल्लायो र बदल्यो भन्ने विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। रेणु २००७ सालको आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट 'पब्लिक रिलेसन अफिसर' (पीआरओ) हुनुहुन्थ्यो।

    हरि शर्मालाई मनपर्ने पुस्तकहरूमध्ये 'नेपाली क्रान्ति कथा' पनि पर्दछ, र आज वहाँ यस पुस्तकसँगै फणेश्वरनाथ रेणुबारे चर्चा गर्दै हुनुहुन्छ।



    Voir plus Voir moins
    33 min
  • ई.पी. थम्पसन: ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’
    Sep 24 2024

    आजको अंकमा हरि शर्माले ई.पी. थम्पसनको प्रसिद्ध कृति ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकलाई समाजशास्त्र र इतिहासको क्षेत्रमा कोसेढुंगा मानिन्छ।

    यस पुस्तकले १८औं र १९औं शताब्दीको बेलायतमा भएको औद्योगिक क्रान्तिको प्रभावलाई छर्लंग पार्दै, कसरी श्रमिक वर्गले आफ्नो अधिकार र स्वतन्त्रताका लागि संघर्ष गरे भन्ने विषयमा गहन अध्ययन प्रस्तुत गरेको छ। थम्पसनले यस ऐतिहासिक कालखण्डलाई केवल आर्थिक परिवर्तनको रूपमा मात्र नभई, श्रमिक वर्गको सामाजिक र राजनीतिक विकासको रूपमा समेत चित्रण गरेका छन्।

    थम्पसनले यो पुस्तकमा विशेष गरी श्रमिक वर्गलाई कहिल्यै पनि निष्क्रिय पीडितका रूपमा नदेखी, उनीहरूलाई सक्रिय, राजनीतिक रूपमा सचेत समूहका रूपमा प्रस्तुत गर्दै इतिहास पुनर्लेखनको काम गरेका छन् ।अब हरि शर्माबाट यस पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुहोस्।

    पडकाष्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न, र सब्सक्राइब गर्न नबिर्सनुहोस्। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने, हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।

    Voir plus Voir moins
    17 min
  • ड्यानियल स्यान्डलर - फ्रि एन्ड इक्वल
    Sep 17 2024

    आजको हरि शर्माले ड्यानियल स्यान्डलरद्वारा लिखिएको 'फ्रि एन्ड इक्वल' किताबको चर्चा गर्दै हुनुहुन्छ । यस किताबमा स्यान्डलरले समाजमा न्यायसंगत संरचनाहरू कसरी निर्माण गर्न सकिन्छ भन्ने सवालमा समानता र स्वतन्त्रताको आदर्शहरूलाई नजिकबाट हेरिरहेका छन् ।

    यो पुस्तकले विशेष रूपमा जोन रल्सको प्रसिद्ध कृति 'द थेउरी अफ जस्टिस'लाई केन्द्रमा राख्दै न्यायका सिद्धान्तहरूलाई पुनर्व्याख्या गरेको छ। रल्सको पुस्तकमा प्रतिपादन गरिएका 'ओरिजिनल पोजिसन' र 'भेल अफ इग्नोरेन्स' जस्ता अवधारणाहरूको माध्यमबाट समाजमा न्यायको मापदण्ड के हुन सक्छ भन्नेबारे छलफल गरिएको थियो।

    स्यान्डलरले यो अवधारणालाई अघि बढाउँदै, समाजमा समानता कसरी आउन सक्छ भन्नेबारे यो किताबमा गहिरो विश्लेषण गरेका छन् ।

    पुस्तकले क्षमता र न्यायको दृष्टिकोणमार्फत विकास र समानताको सवालमा गहिरो योगदान दिएका अमर्त्य सेनको विचारलाई पनि सम्बोधन गर्छ । स्यान्डलरको यो किताबले रल्स र सेन दुवैका विचारहरूलाई समेट्दै न्यायपूर्ण समाज निर्माणको मार्ग चित्रण गर्न मद्दत पुर्‍याउँछ।

    पडकाष्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न, र सब्सक्राइब गर्न नबिर्सनुहोस्। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने, हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ

    Voir plus Voir moins
    25 min
  • स्यामुएल पी. हन्टिङ्टन- 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी'
    Sep 10 2024

    किताब चर्चामा हरि शर्मा आज स्यामुएल पी. हन्टिङ्टनद्वारा लेखिएको किताब 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी' को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा हन्टिङ्टनले कसरी बीसौं शताब्दीको अन्त्यतिर संसारभर प्रजातान्त्रिक लहर आयो र ती प्रजातान्त्रिक आन्दोलनहरू कसरी विभिन्न देशहरूमा सफल या असफल भए भन्नेबारे विश्लेषण गरेका छन्।

    हन्टिङ्टनले प्रजातन्त्रको तेस्रो लहरलाई स्पष्ट पार्दै विश्व राजनीतिमा भएको विशाल परिवर्तनको व्याख्या यस किताबमा गरेका छन्।प्रजातन्त्रको उदयले राजनीतिक परिवर्तनलाई कसरी अघि बढायो र यसले भविष्यमा कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासाको सम्बोधनसहित किताबका मुख्य बुँदाहरूको चर्चा सुनौँ हरि शर्माबाट।

    पडकास्टको यो अंक तपाईंलाई कस्तो लाग्यो? सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। पडकास्टका बारेमा थप जानकारी चाहनुहुन्छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ। यो कार्यक्रम उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट वितरण हुन्छ ।




    Voir plus Voir moins
    23 min
  • जवाहरलाल नेहरू- "लेटर्स फ्रम अ फादर टु हिज डटर"
    Sep 3 2024

    हरि शर्मा आज चिठीको ऐतिहासिक र साहित्यिक महत्वका बारेमा चर्चा गर्दै हुनुहुन्छ। चिठी समाजको दर्पण हो। कागजमा लेखेर संवाद गर्ने परिपाटी हटिरहेको अवस्थामा जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरालाई लेखेका पत्रहरू समावेश "Letters from a Father to His Daughter" आजको प्रस्तुतिमा छ।

    यो किताब पहिलो पटक १९२९ मा ‘अलाहाबाद ल जर्नल प्रेस’द्वारा नेहरूकै अनुरोधमा प्रकाशन भएको थियो। यस संग्रहमा सन् १९२८ को गर्मी याममा १० वर्षकी छोरीलाई नेहरूले पठाएका ३० वटा पत्रहरू समावेश छन्।

    यो किताब र चिठी लेखनबारे आफ्नै अनुभवसहित सुनौँ हरि शर्माको संस्मरण।

    हरि शर्माले उल्लेख गरेका पुस्तक पढ्न मिल्ने लिंक:
    https://archive.org/details/in.ernet.dli.2015.531619
    https://www.mkgandhi.org/Selected%20Letters/letter.php

    पडकास्टका बारेमा थप जान्न चाहेमा हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।यो कार्यक्रम उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट वितरण हुन्छ।



    Voir plus Voir moins
    20 min
  • जोनाथन ह्वाइट - इन द लङ रन: द फ्युचर एज पोलिटिकल आइडियाज
    Aug 27 2024

    हरि शर्मा आज जोनाथन ह्वाइटद्वारा लेखिएको किताब "इन द लङ रन: द फ्युचर अफ पोलिटिकल आइडियाज" को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा ह्वाइटले समाजमा शासन, नीति र सामाजिक मान्यतालाई आकार दिने राजनीतिक विचारहरू कसरी जन्मिन्छन्, बदलिन्छन् र कहिलेकाहीँ समाजको परिवर्तनसँगै त्यागिन्छन् भन्ने विषयमा विचार प्रस्तुत गरेका छन्।

    जोनाथन ह्वाइटले यो किताबमा उन्नाइसौँ शताब्दीमा विचारधाराहरूको जन्मदेखि शीतयुद्धको गोप्यता र नवउदारवादी युगको चेतनासम्मका सन्दर्भ ल्याएका छन्। राजनीतिलाई भविष्यका बदलिँदा दृष्टिकोणहरूले लामो समयसम्म कसरी निर्देशित गर्दछन् भन्नेबारे उनले अन्वेषण गरेका छन्। ह्वाइट तर्क गर्छन् कि दीर्घकालीन प्रतिबद्धता नै प्रजातन्त्रलाई सुरक्षित राख्ने उत्तम उपाय हुन सक्छ। किताबबारे थप चर्चा सुनौँ हरि शर्माबाट।


    पडकास्टका बारेमा थप जान्न चाहेमा हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।



    Voir plus Voir moins
    25 min
  • जेम्स सी स्कट- विपन्स अफ द विक: एभ्रिडे फर्म्स अफ पेजेन्ट रेसिस्टेन्स्
    Aug 20 2024

    हरि शर्मा आज 'विपन्स अफ द विक: एभ्रिडे फर्म्स अफ पेजेन्ट रेसिस्टेन्स्' किताबको चर्चा गर्दै हुनुहुन्छ । यसलाई मानवशास्त्री जेम्स सी स्कटले लेखेका हुन् र यल विश्वविद्यालय प्रेसले सन् १९८५ मा प्रकाशन गरेको हो।

    'विपन्स अफ द विक'मा स्कटले मलेसियाको एक गाउँका ७० परिवार किसानको जीवनमा केन्द्रित रहेर उनीहरूले अपनाउने दैनिक, सूक्ष्म प्रतिरोधका कथाहरूलाई मानवशास्त्रीय अनुसन्धान गरेका छन्।अब सुनौ किताब 'विपन्स अफ द विक'को चर्चा हरि शर्माबाट।

    'Weapons of the Weak: Everyday Forms of Peasant Resistance' किताबको चर्चा तपाईंलाई कस्तो लाग्यो? यसअघिका अंकहरू सुन्नुभयो? सुन्नुभएको भए लाइक र सब्स्क्राइब पनि गरिसक्नुभयो होला हैन?अर्को अंकमा हरि शर्मा सन् २०२४ मा प्रकाशित जोनाथन व्हाइटको 'In the Long Run: Future of Political Idea' किताबको चर्चा लिएर आउनु हुनेछ ।

    पडकाष्टबारे थप जान्न चाहेमा हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।



    Voir plus Voir moins
    25 min
  • इभान क्रस्टेभ र स्टिफन होम्स- द लाइट द‍्याट फेल्ड: ह्वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसी
    Aug 13 2024

    उकालो पडकास्टमा पूर्व–पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रस्टेभ र स्टिफन होम्सद्वारा संयुक्त रूपमा लिखित किताब ‘द लाइट द‍्याट फेल्ड: ह्वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसी’को चर्चा लिएर हरि शर्मा आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्णरूपमा परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण पुस्तक हो। र यसले शीतयुद्ध जितेपछि पश्चिमा मुलुकहरूले आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ।

    किताब चर्चा पडकास्ट तपाईंलाई कस्तो लागिरहेको छ? पडकास्टका बारेमा थप जान्न चाहेमा इन्स्टाग्रामा @kitabcharcha या हामीलाई केही भन्न चाहेमा kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।


    Voir plus Voir moins
    24 min