अस्ट्रेलियामा ज्यानुअरी २६ लाई राष्ट्रिय दिवसका रूपमा मनाइन्छ तर यो मिति विवादास्पद रहेको छ। नयाँ आप्रवासीहरूले आफ्नो नयाँ घर बनाएको महोत्सव मनाउन चाहे पनि केही एबोरिजिनल र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूका लागि यो मितिले उनीहरूको पीडादायी इतिहासको सुरुवातको प्रतिनिधित्व गर्छ।